२०८१ मंसिर १९, बुधबार
24 खबर अपडेट

युवा नेता धीरज त्रिपाठीको नेतृत्वमा विभिन्न दल परित्याग गरी प्रतापपुरमा ७६ जना एमाले प्रवेश

२०८१ कार्तिक १७, शनिबार प्रकाशित ( महिना अघि) ९४१ पाठक संख्या

परासी, १७ कात्तिक । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका युवा समाजसेवी एवं माओवादी केन्द्रका नेता धीरज त्रिपाठी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले प्रतापपुर गाउँपालिका कमिटीले आज बेलाटारीमा आयोजना गरेको दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गर्दै युवा नेता त्रिपाठी एमालेमा प्रवेश गर्नुभएको हो ।

2

उक्त कार्यक्रममा त्रिपाठीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्र्रेस लगायत विभिन्न पार्टी परित्याग गरि ७६ जना एमालेमा प्रवेश गरेको एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरुलाई नेकपा एमाले नवलपरासीका अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो । त्रिपाठी २०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट प्रतापपुर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष अधिकारीले नेपाली जनताको आशा र भरोसा नै एमाले मात्रै रहेको दाबी गर्नुभयो । उहाँले मुलुकको विकास र नेपाली जनताको भविष्य सुनिश्चित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एकल बहुमत आउने गरि मिसन ८४ को अभियानमा लाग्न निर्देशन दिनुभयो ।
जिल्ला अध्यक्ष अधिकारीले एमालेका मनमोहन अधिकारी नेतृत्वको एकल बहुमतको सरकारको पाला देखि मात्र मुलुकमा विकासको अभियान शुरु भएको स्मरण गर्दै आगामी निर्वाचनमा एमालेले एकल सरकार बनाउन सकेमात्र जनताका अपेक्षा पूरा हुने जिकिर गर्नुभयो । अध्यक्ष अधिकारीले त्रिपाठीसहित पार्टी प्रवेश गर्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो ।
एमाले प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष प्रदीप सिंह क्षेत्रीको अध्यक्षता तथा जिल्ला अध्यक्ष अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु थानप्रसाद गैरे, धनबहादुर गुरुङ्ग, एकदेव पाण्डे,जिल्ला सचिवालय सदस्य रामप्रसाद पाण्डे, तारासिंह क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस