२०८३ कार्तिक ८, शनिबार
24 खबर अपडेट

एम्नेष्टी ईण्टरनेशनल नेपाल समूह ३१ परासीको २६ औँ साधारणसभा सम्पन्न

२०८० आश्विन १३, शनिबार प्रकाशित (३ साल अघि) ६१९ पाठक संख्या

परासी, १३ असोज । मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनको क्षेत्रमा विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेष्टी ईण्टरनेशनल नेपाल समूह ३१ परासीको २६ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । परासीमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
एम्नेष्टी ईण्टरनेशनल समूह ३१ का संयोजक हुसेन अन्सारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाका सचिव उमेश विकले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बलिराम यादवले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, एम्नेष्टी ईण्टरनेशनल नेपालकी केन्द्रीय सदस्य मन्जु विश्वकर्मा, समूह ३१ परासीका निवर्तमान संयोजक विजय जयसवाल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुंवर, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाका उपाध्यक्ष सुरज यादवले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑