२०८३ जेष्ठ ३०, शनिबार
24 खबर अपडेट

बर्दघाटमा आगोलागि हुँदा एक लाखको क्षति

२०७९ माघ ४, बुधबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

परासी, ४ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा आगोलागि हुँदा करिब एक लाख रुपैयाँको क्षति भएको छ । बर्दघाट -५ बण्डाखोला बस्ने मधुसुदन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आज साझ सभा सात बजे आगोलागि भएको थियोे ।
आगोलागि हुँदा मानवीय क्षति हुन पाएन भने काठ, पराल जल्दा एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबर डटकमलमई जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोली ,स्थानीय र दमकलको सहायताले राती ९ बजे  आगोलागि नियन्त्रणमा आएको डिएसपी पाण्डेले बताउनुभयो । आगोलागिको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस