२०८३ जेष्ठ १४, बिहिबार
24 खबर अपडेट

कोरोना पोजेटिभ पछिको मेरो अनुभब- लेखनाथ खरेल

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) १५०८ पाठक संख्या

FB_IMG_1620214911872

यही वैशाख ९ गतेदेखि मलाई रुघाखोकी लाग्न सुरु भयो।१०/११/१२मा मलाइ पुर्ण आराम भै सकेको अनुभव भएकालेे १३ गतेबाट सामान्य अबस्थामा फर्किन सकिन्छ जस्तो महसुस भएको थियो ।

ञतर १३गते बिहान म उठन नसकी शरीर दुख्ने ,जोर्निहरु दुख्ने ,हल्का ज्वरो आउने ,पखाला हल्का लाग्ने,र घाँटी हल्का दुख्ने जस्ता समस्याले मलाइ कमजोरी महसुस भएको थियो ।त्यसै दिन म साथि गङ्गा बहादुर खडकाको सहयोगमा म बुटवल गइ pcr test गराँँए ।

pcr testa का साथ साथै मैले तिला मेडिकल हल बुटवल मा dr पुस्प राज जोशी को सल्लाह अनुसार blod check पनि गराए ।डा पुस्पराज जोशी एक असल डाक्टर भएको मैले महशुस गरेको छु ।किनकी यस्तो माहामारिको समयमा डाक्टरले बिरामी छुन सम्म आनाकानी गर्छन् भन्ने सुनेको थिए तर डा पुस्पराज जोशीमा मैले त्यो देखिन ।त्यस्को अलावा वहाले आफ्नो मोबाईल नम्बरदिनुभै pcr positive आयो भने मलाई फोन गर्नु होला ।

औषधी चेन्जगर्नु पर्ने सल्लाह समेत दिनु भयो ।तत पश्चात् २०७८/०१/१४ गते मेरो रिपोर्ट पोजेटिभ आयो ।रिपोर्ट पोजेटिभ आइसके पश्चात् डा पुस्पराज जोशि लाई फोनगरी वहाले दियको औसधि MYVIT-C ,Zincomin-DT र CALCIROL नामका औसधि प्रयोगमा ल्यायको छु ।

त्यस्को अलवा गिलोही ,ज्वानो ,दुबिझार ,ल्वाङ सुक्मेल ,मरिच लाई मिसाइ पकाएर मह मिसाइ बिहान मा चियाको सट्टा करिब १५० एम एल पिउने गरेको छु ।अनि DXN को आयुर्वेदिक औसधि समेत सेवन गर्दा आज १०औदिन सम्म आइ पुगेको छु ।

दिनमा २/३पटक निम पत्ता तुल्सीपत्र मिसाएर पानी उमाली त्यसमा १/२थोपा बोजो वा सन्चो मिसाएर बाफ पसिना आउने गरि लिने गरेको छु ,त्यसै गरि साँझ सुत्ने समयम दूध र बेसार मिसाएर पिउने गरेको छु ।

यसरी औसधिहरुको सेवन ले अबको केही दिनमा पहिलाकै सामान्य अवस्था मा फर्कने आसामा रहेको ब्यहोरा अबगत गराउद छु ।यो रोग लागेको रिपोर्ट आउदासाथ अनिवार्य रुपमा थर्मामिटर र ओक्सि मिटर साथमा राख्नु पर्ने रहेछ ।

यो रोग लागेको छैठौं र सातौ दिनमा अलिक बढी रोगले ग्रस्त बनाएतापनी मनोबल उच्छ बनायर नियमित ढंगले मात्रा मिलाएर औसधि सेवन गरेमा यो रोग लाई अवस्यनै परास्थ गर्न सकिन्छ जस्तो लाग्यो मलाई। भूमही नवलपरासी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस