२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

मोतिलाल क्याम्पसमा नयाँ सञ्चालक समिति गठन

२०७९ श्रावण १६, सोमबार प्रकाशित ( साल अघि) ९८७ पाठक संख्या

परासी, १६ साउन । मोतिलाल बहुमुखी क्याम्पस बडेरा नवलपरासीको चौँथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले नारायण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो ।
नवगठित समितिको सदस्यहरुमा डिल्लीराज पाण्डे, नरिश्वर उपाध्याय, राजकुमार श्रेष्ठ, लालप्रसाद कण्डेल,भोला पराजुली, विमल बगाले, अर्जुन श्रीपाली, लक्ष्मीप्रसाद पाण्डे, मोहरप्रसाद चौधरी, दण्डपाणी न्यौपाने, लीलाधर चापागाई, लक्ष्मीदेवी ढकाल,सीताकुमारी श्रेष्ठ, राधिका सुवेदी, माया सुवेदी लगायत रहनुभएको निर्वाचन समितिका संयोजक सूर्य न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी लेखा समितिको संयोजकमा केशवप्रसाद अर्याल सदस्यमा तीर्थराज उपाध्याय र हीरा सुनार रहनुभएको छ । निर्वाचन संयोजक न्यौपानेले सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस