२०८३ भाद्र ३, बुधबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा होली मिलन कार्यक्रम

२०७८ चैत्र २, बुधबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

परासी, २ चैत । रंगहरुको पर्व होलीको अवसरमा रामग्राम महिला जेसीजले होली मिलन समारोह गरी हर्साेल्लासपुर्वक होली मनाएको छ । रामग्राम स्तुप उजैनीमा आयोजित समारोहमा होली पर्वको शुभकामना व्यक्त गर्दै एक आपसमा रंग लगाएर उत्सव मनाईएको हो ।
रामग्राम महिला जेसीज वर्ष २०२२ की अध्यक्ष अनिता तिवारीको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मदन यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि यादवले युवा महिलाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले जेसीजको माध्यमबाट समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्याय, रामग्राम महिला जेसीजकी कोषाध्यक्ष जोगमाया चौधरी, महासचिव विनिता खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस