२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

रेडक्रस सोसाईटी परासी उपशाखाको सभापति पदमा चार जनाको उम्मेदवारी

२०७८ फागुन १९, बिहिबार प्रकाशित ( साल अघि) १०५३ पाठक संख्या

परासी, १९ फागुन । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको सभापति पदका लागि चार जनाको उम्मेदवारी परेको छ । उपशाखाको नेतृत्व चयनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अन्र्तगत आज भएको उम्मेदवारी मनोनयनको क्रममा सभापति पदमा चार जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापति पदका लागि अवधेश कुमार यादव, सन्दिप अग्रहरी,बसन्तराज शर्मा पराजुली र कन्हैयालाल राजभरले उम्मदेवारी दर्ता गराउनुभएको निर्वाचन संयोजक एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।
११ सदस्यीय कार्यसमिति रहने उपशाखाको सभापति र सदस्य बाहेक अन्य पदमा भने र्निविरोध भएको छ । उपशाखाको उपसभापतिमा सीता कुंवर, सचिवमा सुरज यादव, कोषाध्यक्ष घुरहु यादव, उपसचिवमा चन्द्रप्रकाश गुप्ता र उपकोषाध्यक्षमा ओमप्रकाश गुप्ता सर्वसम्मत चयन हुनुभएको छ । घोषणा भने भएको छैन् ।
एक महिला सहित पाँच सदस्य पदमा अमित अग्रहरी, रमेश प्रसाद यादव, डोलराज डुम्रे,राधिका पौडेल,पुष्पा खनाल(महिला सदस्य) र रामकुण्डल यादव गरी छ जनाको उम्मदेवारी परेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार शुक्रबार फागुन २० गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ । शुक्रबार सहमति हुन नसके २३ गते चुनाव हुनेछ । परासी उपशाखामा ३९१ जना मतादाता रहेको रेडक्रसले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस