२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने अधिकारीको घोषणा

२०७८ फागुन १८, बुधबार प्रकाशित ( साल अघि) ८८० पाठक संख्या

परासी, १८ फागुन । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य पदमा पश्चिम नवलपरासीबाट स्वास्थ्यकर्मी मनिष अधिकारीले उम्मेदवारी दिनुहुने भएको छ । युनियनको यही फागुन २१ देखि २३ गतेसम्म हुने आठौँ राष्ट्रिय महाधिवेशनमा अधिकारीले केन्द्रीय सदस्य उठ्ने घोषणा गर्नुभएको हो ।
अधिकारी अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम स्थायी घर भई हाल पश्चिम नवलपरासीको शुक्रौली स्वास्थ्य चौकी रामग्राममा कार्यरत हुनुहुन्छ । केही समय पत्रकारिता गर्नुभएका अधिकारी निजामती सेवामा प्रवेश गरेसँगै उहाँ छोटो समयमै युनियनको लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य तथा नेपाल स्वास्थ्यकर्मी संघको जिल्ला सचिव तथा ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश युवा समिति सदस्य पनि हुनुहुन्छ ।
युनियनमा युवाको प्रतिनिधित्व सुश्चित गर्दैै सबै सेबा समुहको समावेशी सक्षम नेतृत्व स्थापित गर्न आफूले उम्मेदवारी दिने घोषणा गरेको अधिकारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस