२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

दुई फरार अभियुक्त पक्राउ

२०७८ माघ ७, शुक्रबार प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

परासी, ७ माघ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा विगत छ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका—४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा विसं.२०७२ माघ २४ गते फैसला भई तत्काल जनही पाँच हजार रुपैँया जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना अभियुक्तलाई जिल्ला अदालतमा आवश्यक कारवाहीका लागि बुझाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस