२०८३ अषाढ ३०, मंगलबार
24 खबर अपडेट

छठ पर्वको अवसरमा रामग्राम जेसीजद्धारा चियापान कार्यक्रम

२०७८ कार्तिक २५, बिहिबार प्रकाशित ( साल अघि) ८३६ पाठक संख्या

परासी, २५ कात्तिक । तराईवासीले हर्साेल्लास पूर्वक मनाउने महान पर्व छठको अवसरमा रामग्राम जेसीजले चियापान कार्यक्रम गरेको छ । छठ पर्वको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीस्थित झरही नदी किनारमा लागेको छठ मेलामा रामग्राम जेसीजले चिया सेवा प्रदान गरेको हो ।
छठ मनाउन जम्मा भएका र छठ द्धठ पूजा तथा  दर्शन गर्न आएका श्रद्धालु भक्तजनलाई निःशुल्क चियापान गराईएको रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले जानकारी दिनुभयो । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने सेवा भावले आयोजित उक्त कार्यक्रममा उपस्थित सबै भक्तजनले उत्साहपूर्वक चियापान गरेको उहाँले बताउनुभयो ।
श्रद्धालु भक्तजनको सेवा गर्न पाउँदा खुशी मिलेको कार्यक्रमका संयोजक एवं रामग्राम जेसीज वर्ष २०२१ का उपाध्यक्ष पुरुषोत्तम तिवारीले बताउनुभयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस