२०८३ बैशाख १३, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका सबै स्थानीय तह र वडासम्मै प्रहरीको उजुरी पेटिका

२०७८ कार्तिक १८, बिहिबार प्रकाशित ( साल अघि) ९०४ पाठक संख्या

मोहन पौडेल
परासी, १८ कात्तिक- प्रहरी सेवालाई थप प्रभावकारी बनाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का सबै स्थानीय तह र वडामा प्रहरीको सुझाव तथा गुनासो पेटिका राखिने भएको छ ।
तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह तथा जिल्लाका ७४ वटै वडामा गुनासो पेटिका राखिने जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । रामग्राम नगरपालिका कार्यालयमा उजुरी पेटिका राखेर यो अभियानको शुरुवात गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।
नागरिकबाट प्रहरी कर्मचारीसम्बन्धित गुनासो वा सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो “प्रहरी कार्यालयसम्मै पुगेर आफ्नो गुनासो वा सुझाव राख्न नसक्ने वा डर मान्ने सेवाग्राहीलाई नजिकको वडा कार्यालय वा स्थानीय तहको केन्द्रबाटै आफ्नो गुनासो राख्न सजिलो होस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका हौँ”
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले वडासम्मै राखिने गुनासो पेटिकाले नागरिकको समस्या सजिलै प्रहरी समक्ष पुग्ने र प्रहरीको सेवामा पनि सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
यसरी राखिएका गुनासो पेटिकामा आएका सुझाव र उजुरीलाई हरेक महिना सम्बन्धित तहका जनप्रतिनिधिको रोहबारमा खोल्ने र कार्यान्वयन पनि गर्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस