२०८३ श्रावण २६, मंगलबार
24 खबर अपडेट

लक्ष्मीनारायण सहकारीको वार्षिक योजना तर्जुमा, शेयर सदस्यको दुर्घटना बीमा गरिने

२०७८ कार्तिक १३, शनिबार प्रकाशित ( साल अघि) १०४३ पाठक संख्या

परासी, १३ कात्तिक । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरावल–१ बासाबसहीले वार्षिक योजना तर्जुमा गरेको छ । संस्थाको आज सम्पन्न बैठकले आगामी आर्थिक वर्षका लागि वार्षिक योजना निर्माण गरेको हो।
बैठकमा संस्थाका अध्यक्ष देवराज श्रेष्ठले संस्थाका वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मिनराज पन्तले आर्थिक कारोवारको अनुमानिता योजना प्रस्तुत गर्नुभएको थियो। उक्त योजनाहरुमाथी संस्थाका सल्लाहकार, उपसमिति सदस्य तथा शेयार सदस्यहरुले आवश्यक सुझाव तथा सल्लाह दिएको संस्थाका संचार संयोजक नारायण पाण्डेले जानकारी दिनुभयो।
बैठकले सहकारीका शेयर सदस्यहरुको दश लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ भने आगामी मंसिर १८ गते संस्थाको १२ औँ साधारणसभा निर्णय गरेको छ । उक्त सहकारीमा करिब आठ सय शेयर सदस्य आवद्ध छन् । उक्त अवसरमा संस्थाका उपाध्यक्ष लोकप्रसाद भुसाल, कृष्ण भुसाल लगायतले बोल्नुभएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस