२०८३ कार्तिक ७, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन दर्ता अभियान शुरु हुने 

२०७८ श्रावण ६, बुधबार प्रकाशित (५ साल अघि) १२१६ पाठक संख्या

परासी, ६ साउन । पश्चिम नवलपरासीमा बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन दर्ता अभियान शुरु हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय परासीको समन्वयमा आज परासी मा अन्तर्क्रिया कार्यक्रम गरि उक्त जानकारी दिएको हो ।
भोलि बर्दघाट नगरपालिकाबाट अभियान शुरु गरिने विभागकि निर्देशक विनिता भट्टराईले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । अभियान अन्तर्गत एउटा पालिकामा ४५ केन्द्रको व्यस्थापन गरिएको छ । नागरिकता,विवाहदर्ता र बसाइँसराइको सक्कलै लिएर तोकिएको स्थानमा गई राष्ट्रिय परिचयपत्रको विवरण संकलन दर्ता गराउन विभागले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले स्थानीय तहको समन्वयमा कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय,बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यनल, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी लगायतले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस


↑