२०८३ मंसिर १०, बिहिबार
24 खबर अपडेट

सरावलमा मंसिर २५ देखि राष्ट्रपति रनिङ शिल्ड, तयारी सुरु

२०८३ मंसिर १०, बिहिबार प्रकाशित (१0 घण्टा अघि) १०० पाठक संख्या

परासी, १० मंसिर । विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यसहित पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ।
पालिका स्तरीय राष्ट्रपति खेलकुद निर्देशन समितिको बैठकले आगामी मंसिर २५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको प्रतियोगिता सरावल गाउँपालिका–१ स्थित बसन्त माध्यमिक विद्यालय, बासामा आयोजना गरिने निर्देशन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितालाई भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्ने विषयमा आवश्यक छलफल गर्दै तयारी अघि बढाउने निर्णय गरेको हो।
प्रतियोगिता सञ्चालनका लागि बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ। गठित उपसमितिहरूलाई जिम्मेवारीअनुसार तयारीका कामलाई तीव्रता दिन र प्रतियोगिता सफल बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको छ।
विद्यार्थीभित्र लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्दै उनीहरूको शारीरिक, मानसिक तथा खेलकुद क्षमता विकासमा टेवा पु¥याउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑