

मोहन पौडेल
परासी, ६ मंसिर । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङ्गको तुलसीपुरमा कात्तिक २९ र ३० गते सम्पन्न प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पार्ने पश्चिम नवलपरासीका खेलाडीहरूलाई सम्मान गरिएको छ।
प्रतियोगितामा जिल्लाको पहिचानलाई उकास्ने गरि शानदार प्रदर्शन गर्ने खेलाडीहरूलाई बरेफुट तेक्वान्दो एकेडेमी परासीले विशेष कार्यक्रममार्फत सम्मान गरेको हो। कार्यक्रममा एकेडेमीका प्रमुख मनिष गुप्ताले खेलाडीहरूले अनुशासन, लगनशीलता र प्रतिभाका आधारमा जिल्लाको शान बढाएको भन्दै प्रशंसा गर्नुभयो । ‘‘यस्तो अनुशासन र मेहनतले खेलाडीहरूलाई अझ उज्ज्वल भविष्यतर्फ डो¥याउँछ,’’ गु्प्ताले भन्नुभयो ।
प्रतियोगितामा पदक जित्ने खेलाडीहरूमा गोल्ड मेडलतर्फ अंकित सहानी, शिल्भर मेडल विजेतामा पुष्पराज चौधरी, सपना बाँसफोर र लक्ष्मी कुमाल रहेका छन्। ब्रोन्ज मेडलतर्फ लक्ष्मी चौधरी, गोपाल हरिजन, अजय हरिजन र राधिका थारूले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारे।
कार्यक्रममा वक्सिङ्ग संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष टेक पुनले स्वर्ण पदक विजेतालाई पाँच हजार रुपैयाँ नगद प्रदान गर्दै खेलाडीलाई आगामी दिनमा अझ कडा मेहनत र समर्पणसाथ अघि बढ्न प्रेरणा दिनुभयो ।
यस्तै, एबी एप्लाई सुनवलका प्रमुख अनिष न्यौपानेले विजेताहरूलाई बधाइ व्यक्त गर्दै खेल तथा खेलाडीको विकासका लागि निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पदक विजेताको सम्मानसँगै कार्यक्रममा खेलाडीहरूको मनोबल झनै उकासिएको सहभागीहरूले बताएका थिए ।

