२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

रामग्रामको लक्ष्मिपुरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर,२०० सेवाग्राही लाभान्वित

२०८२ जेष्ठ ३२, शनिबार प्रकाशित ( घण्टा अघि) १२४ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० लक्ष्मिपुरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरबाट २०० जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

2

 रामग्राम नगरपालिका, स्वास्थ्य शाखाको आयोजना तथा केयर प्लस हेल्थ क्लिनिक एण्ड प्याथेलोजी रामग्राम–५ को सहकार्यमा आयोजित शिविरमा नसर्ने रोगको पहिचान, निःशुल्क उपचार तथा औषधी समेत वितरण गरिएको थियो । शिविरमा रामग्राम नगरपालिकाको वडा नं.१०,१६,६,४ का स्थानीयवासीहरुले स्वास्थ्य जाँच गराएका थिए ।

डा.विजय सहानी,डा.शिवराज सहानी,डा.रोशन क्षेत्री र डा.साहिद अलिसहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सुगर, रक्तसञ्चार,उचाइ अनुसारको तौल मापन,दुखाइ लगायतका जनरल रोगहरुको स्वास्थ्य परीक्षण गर्नुभएको केयर प्लसका प्रबन्ध निर्देशक दीपेन्द्र यादवले जानकारी दिनुभयो । नसर्ने रोग भन्दा अन्य रोगका बिरामीहरु धेरै भेटिएकोले जनरल स्वास्थ्य परीक्षण गरिएको थियो ।

3

विशेषगरी ४० वर्ष उमेरपार गरेका सेवाग्राहीको विभिन्न नसर्ने रोगहरुको पहिचान तथा निदानका लागि शिविर सञ्चालन गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले बताउनुभयो । पछिल्लो समय नसर्ने रोग तीव्र रुपमा वृद्धि भइरहेकोले समयमै स्वास्थ्य परीक्षण गरी निदान गर्न आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
अधिकृत कुँवरले नसर्ने रोगहरुलाई न्यूनीकरण गर्न स्वस्थकर खानपान,नियमित व्यायाम,तनाव व्यवस्थापनमा ध्यान दिन समेत नगरवासीलाई आग्रह गर्नुभयो । रामग्राम–१० की वडा सदस्य चन्द्रधामा रहिदासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरी,स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा,मन्झरिया स्वास्थ्य चौकीका प्रमुख राजकुमार श्रेष्ठ लगयातको पनि सहभागिता थियो ।

4

 

5

 

7

 

6

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस