२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

रेडक्रसद्धारा कारागार र मालपोतलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

मोहन पौडेल
परासी, ३ असार । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले परासीस्थित जिल्ला कारागार र मालपोत कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि दुवै कार्यालयलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरिएको हो ।
रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले कारागारका जेलर जगत बहादुर बस्नेत र मालपोत कार्यालय प्रमुख कुमार आचार्यलाई आज उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । कारागारका कैदीबन्दीका लागि पाँच सय मास्क र पाँच लिटर सेनिटाईजर तथा मालपोतका लागि दुई सय ५० मास्क र पाँच लिटर सेनिटाईजर हस्तान्तरण गरेको रेडक्रसका जिल्ला सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।
महामारीको यस समयमा रेडक्रसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरी मानवीय पीडालाई कम एवं क्षति न्यूनीकरण गर्न उपचार केन्द्र, आईसोलेशन सेन्टरहरुलाई पनि पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक स्वच्छ खानेपानी, स्वास्थ्य सरसफाई, फोहार व्यवस्थापनका उपकरण, र अग्रपङ्क्तिमा खटिएकालाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउँदै आएको जिल्ला शाखाका वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ताले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस