२०८१ मंसिर १९, बुधबार
24 खबर अपडेट

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपरासीको आठौ जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

२०८१ मंसिर १६, आईतबार प्रकाशित ( दिन अघि) ८४ पाठक संख्या

परासी, १६ मंसिर । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति नवलपरासीको आठौ जिल्ला अधिवेशन सुनवल–५ वनकट्टीमा सम्पन्न भएको छ । परिषद्का जिल्ला अध्यक्ष ईन्द्र गुरुङको अध्यक्षता एव तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद बागमति प्रदेशका प्रमुख गणेश बहादुर तमुको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो ।
प्रमुख अतिथि गणेश तमुले गुरुङहरुले आफ्नो संस्कार, संस्कृति पुस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सबै एक भएर आफ्नो भाषा,कला, संस्कृति, रितिरीवाज, रहनसहन संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
अधिवेशनले उदिम तमुको अध्यक्षतामा आजै सम्पन्न अधिवेशनले उदिम तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा जनसरी तमुस्यो, उपाध्यक्षमा गम बहादुर तमु, सचिवमा खड्का बहादुर तमु, कोषाध्यक्षमा सृष्टि तमुस्यो, संगठन सचिव देव बहादुर तमु, प्रचार सचिव राजु तमु, सहकोषाध्यक्षमा गौमाया तमुस्यो र सदस्यहरु डम्बर बहादुर तमु, आशा तमुस्यो, धनमाया तमुस्यो, खुबी तमुस्यो, नन्दु तमु, शिव तमु रहनुभएको निवर्तमान अध्यक्ष ईन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
उक्त अवसरमा तमु ह्रयुला छोज धी गुरुङ्ग राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य द्धय पुरान गुरुङ्ग, चन्दा तमुस्यो, टिचन तमुस्यो, लुम्बिनी प्रदेश अध्यक्ष खुम बहादुर तमु, खेमालिपिका सहसंयोजक भीम तमु, नेपाल आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष तारा राना, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी, तमु ह्युल छोंज धी सुनवल नगर अध्यक्ष चन्द्र बहादुर तमु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सभामा तमु ह्युल छोंज धी नवलपरासीका सहसचिव सुष्टि तमुस्योले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस