२०८३ कार्तिक १८, मंगलबार
24 खबर अपडेट

पाल्ही बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघमा नेतृत्व चयन

२०८१ मंसिर १६, आईतबार प्रकाशित (१ साल अघि) ६०९ पाठक संख्या

परासी, १६ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्लाकै पूरानो पाल्ही बहुमुखी क्याम्पसमा गठित पूर्व विद्यार्थी संघको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार क्याम्पसमा सम्पन्न सभाले आगामी कार्यकालको लागि तदर्थ समितिका अध्यक्ष रामचन्द्र भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
उक्त क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरको साझा संस्थाको रुपमा गठन गरिएको पूर्व विद्यार्थी संघको १३ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बेचु गौड, उपाध्यक्षमा उत्तमा राय, महासचिवमा सञ्जय कुमार शर्मा, सचिवमा पुरुषोत्तम ढकाल, कोषाध्यक्षमा नरेश कोहार, सहकोषाध्यक्षमा लक्ष्मी चौधरी मल्ल र सदस्यमा मोहन पौडेल, रिंगला यादव,सुशान्त शर्मा घिमिरे, अभिषेक राव, सुग्रीव यादव, सन्दिप बर्मा रहनुभएको छ ।
संघका अध्यक्ष भण्डारीको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा भएको उक्त सभाले महासचिव सञ्जय शर्मा र कोषाध्यक्ष नरेश कोहारले प्रस्तुत गरेको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । सभामा क्याम्पस प्रमुख दीपक अर्याल, संघका वरिष्ठ उपाध्यक्ष बेचु गौड, उपाध्यक्ष उत्तमा राय,सदस्य मोहन पौडेल, पूर्व विद्यार्थी मेघराज गौतम लगायतले बोल्दै क्याम्पसको शैक्षिक तथा बृहत्तर हितमा पूर्व विद्यार्थी संघको अहम भूमिका हुनेमा जोड दिनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


↑