२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालमा पिसिआर जडानका लागि पच्चीस लाख बढीको उपकरण यूएमएनले सहयोग गर्ने

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) ११८९ पाठक संख्या

मोहन पौडेल
परासी, २८ जेठ । युनाईटेड मिसन टु नेपालले पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आरटी पिसिआर प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरण सहयोग गर्ने भएको छ । संस्थाले पिसिआर मेसिन जडानका लागि आवश्यक पर्ने रु २५ लाख बढीको उपकरण सहयोग गर्न लागेको हो ।
आज अस्पताल र उक्त सस्थाका प्रतिनिधिबीच भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)को पहलमा उक्त संस्थाले पिसिआर मेसिन जडानका लागि आवश्यक उपकरण सहयोग गर्न लागेको अस्पतालका अध्यक्ष जगदीश चौधरीले जानकारी दिनुभयो ।
आज भएको संयुक्त बैठकले सम्झौताका लागि हस्ताक्षर गर्न दुवै पक्षका प्रतिनिधि छनौट गरेको छ भने खरीद समिति, अनुगमन उपसमिति र दुवै पक्षबाट फोकल पर्सन पनि तोकिएको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बैठकले प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुख, रामग्राम नगरपालिकाका मेयर, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष, अस्पताल अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, समाजसेवी तथा संस्थाको तर्फबाट सबु तामाङ सदस्य रहेको ११ सदस्यीय अनुगमन समिति गठन गरेको छ । यसैगरी सात सदस्यीय खरिद समिति गठन गरिएको छ भने अस्पतालको तर्फबाट व्यवस्थापक अधिकारी र संस्थाको तर्फबाट बालकृष्ण पाण्डेलाई फोकल पर्सन तोकिएको छ ।
केही दिनमा उपकरण खरिद गरेर हस्तान्तरण गरिने र केही रकम बढ्न पनि सक्ने संस्थाका कार्यक्रम व्यवस्थापक ईश्वर केसीले जानकारी दिनुभयो । अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयले पठाएको पिसिआर मेसिन एक महिना बढी हुँदा पनि प्रयोगविहीन हुँदै आएको छ । सर्वदलिय बैठकले पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताको संयोजकत्वमा सहजीकरण समिति गठन गरेपछि अहिले अस्पताल परिसरमा पिसिआर प्रयोगशाला भवन निर्माण भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस