२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

छैठौँ रामग्राम कप फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा गैँडाखाल पराजित

२०८१ आश्विन १४, सोमबार प्रकाशित (0 महिना अघि) ४४२ पाठक संख्या

मोहन पौडेल
परासी, १४ असोज । पश्चिम नवलपरासीको रामग्राम–१२ पचगावामा छैठौँ रामग्राम कप फुटवल प्रतियोगिता २०८१ शुरु भएको छ । विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित प्रतियोगिता अन्र्तगत सोमबार सम्पन्न पहिलो खेलमा हात्ती अमहवा रुपन्देहीले विजय शुरुवात गरेको छ ।
साझा युवा क्लब रामग्राम–१२ को आयोजनामा शुरु भएको उक्त प्रतियोगिता अन्तरगत पहिलो खेलमा हात्ती अमहवाले गैँडाखाल नवलपरासीको टीमलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजय शुरुवात गरेको थियो । निर्धारित समय सकिनु भन्दा एक मिनेट बाँकी छँदा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै हात्ती अमहवाका जर्सी नं.८ का खेलाडि अजय पासीले गोल गर्न सफल भएका हुन् । निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलको म्यान अफ त म्याच विजेता टीमकै जर्सी नं.३ का खेलाडि नितिनराज भण्डारी घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबार सुनवल एफसी र महालक्ष्मी हार्डवेयर तुल्सीनगर भगडाबीच दिउँसो ३ बजेदेखि प्रतिस्पर्धा हुने साझा युवा क्लवका अध्यक्ष देवनारायण लोनियाले जानकारी दिनुभयो । कूल १८ टीम सहभागि रहेको उक्त प्रतियोगितामा बुधबारदेखि प्रत्येक दिन दुई वटा खेल हुनेछन् । आगामी असोज २५ गते सम्म समापन हुने लक्ष्य लिईएको उक्त प्रतियोगितामा विजेता टीमले नगद रु ५० हजार १०५ र उपविजेता टीमले नगद रु २५ हजार १०५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष लोनियाले जानकारी दिनुभयो । प्रतियोगिताको एक समारोहकाबीच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले उद्घाटन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस