२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मुक्तिनाथ विकास बैंक भूमहीद्धारा मृत्तक ग्राहकका परिवारलाई राहत,ऋण मिनाहासहित क्रियाखर्च हस्तान्तरण

२०८१ भाद्र २५, मंगलबार प्रकाशित ( हफ्ता अघि) १५९ पाठक संख्या

परासी, २५ भदौ । पश्चिम नवलपरासीस्थित मुक्तिनाथ विकास बैंक भूमही शाखाले आफ्नो ग्राहकको निधनमा ऋण मिनाहासहित क्रियाखर्च प्रदान गरेको छ । बैंकले नियमित रुपमा कारोबार गर्दै आएकी सरावल गाउँपालिका–३ की शारदा कुमारी चौधरीको परिवारलाई कर्जाको साँवा तथा व्याजसहितको रकम मिनाहा गर्दै क्रियाखर्च प्रदान गरेको हो ।
आज स्वर्गीय शारदा कुमारीको निवासी पटनीमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक सागर अर्यालले शारदा कुमारीका श्रीमान हरिप्रसाद चौधरीलाई एकमुष्ठ रु ६ लाख ७४ हजार ८२२ रुपैँया हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय शारदा कुमारी उक्त बैकसँग विगत ६ वर्षदेखि आवद्ध रही नियमित रुपमा कर्जा तथा बचत कारोबार गर्दै आउनुभएको थियो । उहाँको यही भदौ २४ गते निधन भएको हो ।
मुक्तिनाथ बिकास बैंक लिमिटेडले आफ्नो नियमित ग्राहकको मृत्यु भएमा मृत्तक ग्राहकले तिर्न बाँकी रहेको कर्जाको साँवा व्याजसहित सम्पूर्ण रकम मिनाहा गर्नुका साथै भुक्तान भईसकेको रकम ग्राहकको संरक्षकको नाममा फिर्ता हुने र बैंकले क्रियाखर्च समेत प्रदान गर्दै आएको शाखा प्रबन्धक अर्यालले जानकारी दिनुभयो । बैंकले समावेशी बैंकिङ कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न किसिमका गैरआर्थिक क्रियाकलापमा पनि उल्लेख्य योगदान गर्दै आएको उहाँले बताउनुभयो । शाखा प्रमुख अर्यालले बैंकका अन्य सेवा सुविधाहरुको बारेमा पनि जानकारी गराउँदै स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
उक्त अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले मुक्तिनाथ बैंकले दिँदै आएको सेवासुविधाप्रति धन्यवाद व्यक्त गर्दै यस बैंकको योगदानको उच्च कदर हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि बैंकका सेवा सुविधा विपन्न नागरिकको घरघरमा पुर्याई सहज बैंकिङ सेवालाई विस्तार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरी, बैंकका कर्मचारीहरु नवराज पौडेल, रामप्रसाद न्यौपाने, शोभाखर भट्टराई एवं स्थानीयवासीहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस