२०८२ जेष्ठ २६, आईतबार
24 खबर अपडेट

रेडक्रस बालपुरी उपशाखाको आतिथ्यमा जिल्लाका रक्तदाताहरुलाई सम्मान

२०८१ अषाढ १, शुक्रबार प्रकाशित ( महिना अघि) ३६३ पाठक संख्या

परासी, ३२ जेठ । पश्चिम नवलपरासीमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । विश्व रक्तदाता दिवसको अवसरमा जिल्लाको सरावलमा आयोजित कार्यक्रममा जिल्लाका संस्थागत तथा व्यक्तिगत रक्तदाताहरुलाई सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजना, बालपुरी उपशाखा सरावलको आतिथ्य तथा सरावल गाउँपालिकको सहयोगमा रक्तदाताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा एक वर्षको अवधिमा रक्तदान कार्यक्रमको आयोजना गर्ने २४ वटा संघ संस्था र पन्ध्र पटक भन्दा बढी रक्तदान गर्ने ११ पुरुष रक्तदाता तथा पाँच पटक भन्दा बढी रक्तदान गर्ने ४ जना महिला रक्तदाता गरि पन्ध्र जना रक्तदातालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाका सभापति भोलेनाथ कोईरी(सञ्जय)ले जानकारी दिनुभयो ।
आफ्नो अमूल्य रगत दान गरि कयौँ बिरामीको जीवन बचाएका रक्तदाताहरुलाई मानवीय सेवामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो ।
बालपुरी उपशाखाका सभापति कोईरीको अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हरिजनले रक्तदान अभियानलाई व्यापक र संस्थागत अभियानको रुपमा चलाउन आवश्यक रहेको बताउनुभयो । रक्तदानको विषयमा धेरै मानिसमा भ्रम रहेको बताउँदै उहाँले रक्तदानको महत्व सम्बन्धि सचेतना कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका प्रदेश कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला सभापति अग्रहरी, उपसभापति कृष्णप्रसाद लामिछाने, उपमन्त्री एवं रक्त सञ्चार संयोजक सुरज केसी, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस