२०८२ बैशाख ८, सोमबार
24 खबर अपडेट

विनयी त्रिवेणीमा लागु औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

२०८१ अषाढ १, शुक्रबार प्रकाशित (0 महिना अघि) २०८ पाठक संख्या

शान्ति बिक

दुम्किबास,३२ जेठ ।  विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको ७ वटै वडामा लागु औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं.३,४ र ५ को सर्दि, वडा नं.१ र २ को दुम्किबास तथा वडा नं.६ र ७ को त्रिवेणीमा क्रमशः यहि जेठ २७, २८ र २९ गते कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्राविधिक सहायक अमरराज न्यौपानेले जानकारी दिनुभयो ।
दुम्किबासमा कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवति बैदवारले लागु औषध मन्द विष भएको र यसले व्यक्तिलाई मात्र नभई परिवार, समाज र सिंगो राष्ट्रलाई नै हानी गरिरहेको हुदाँ यसको न्युनिकरणका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।
सर्दिमा कार्यक्रमको उद्घाटन गर्दै वडा नं.४ का अध्यक्ष साहिल श्रेष्ठले लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढेको बताउदै यसलाई कम गर्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको जिकिर गर्नुभयो ।
त्रिवेणीमा कार्यक्रम उद्घाटन गर्दै वडा नं.६ का सदस्य विष्णु चौलागाईले लागु औषधको सहज उपलब्धताका कारण यसको प्रयोगकर्ता बढेको बताउदै सिमा नाकामा निगरानी बढाउनुपर्ने बताउनुभयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले लागु औषध दुव्र्यसन न्युनिकरणका लागि अभिभावकको भुमिका महत्वपुर्ण हुने बताउदै सन्तानको हेरचाह साथै उनीहरुमाथि निगरानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी सहायक निरिक्षक कमल भुषाल, त्रिवेणीका प्रमुख सानुकाजी विष्ट, अस्थायी प्रहरी चौकी सर्दिका इन्चार्ज धर्मराज शर्मा र शान्ती बि.क.ले सहजीकरण गर्नुभएको गाउँपालिकाका प्राविधिक सहायक अमर न्यौपानेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस