२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीज र आधारभूत स्वास्थ्य परियोजनाद्धारा उष्ण प्रदेशीय रोग सम्बन्धि सचेतना

२०८१ जेष्ठ २, बुधबार प्रकाशित ( महिना अघि) १७१ पाठक संख्या

परासी, २ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.५ स्थित विष्णुपुरा गाउँमा उपेक्षित उष्ण प्रदेशीय रोग रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । फेयर मेड र ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना र रामग्राम जेसीजले आज स्थानीय महिलाहरुलाई उष्ण प्रदेशीय रोगको जोखिम र निदानको विषयमा अभिमुखीकरण गरेको हो ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परियोजनाका जिल्ला संयोजक पुष्पराज आचार्यले सहजीकरण गर्नुभएको थियो । कुष्ठरोग, हात्तीपाईले, डेँगु, सर्पदंश लगायतका उष्ण प्रदेशीय रोगहरुमा विरामीले कसरी उपचार र रेखदेख गर्ने भन्ने अन्यौलता रहेका कारण समस्या देखिएपनि सहजै उपचारमा नजाने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।
सामाजिक बहिष्करणमा पर्ने डरले कुष्ठरोग प्रभावित त उपचारको दायरामा आउनै नचाहने समस्याले संक्रमण दर बढ्दो अवस्थामा रहेको संयोजक आचार्यले बताउनुभयो । उष्ण प्रदेशीय रोगहरु कसरी चिन्ने र रोगको संक्रमण भईसकेपछि कसरी क्षति घटाउने भन्ने बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
रोगप्रतिको गलत धारणा हटाउने र बिरामीलाई उपचारमा जान प्रोत्साहन गर्ने उद्देश्यले गाउँका महिलाहरुलाई लक्षित गरि सचेतना कार्यक्रम गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । बहिष्करणमा परेका रोगीलाई उपचारको दायरामा ल्याउन र बहिष्करणमा पर्न नदिन सबैको साथ सहयोग आवश्यक रहने उहाँको भनाई थियो ।
परियोजनामार्फत उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावितलाई उपचारको दायरामा ल्याउन अभियान चलाईएको परियोजनाकी सामाजिक परिचालक सविता खनालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस