२०८० चैत्र ७, बुधबार प्रकाशित (८ महिना अघि)२४५ पाठक संख्या
कल्पना खरेल
सुनवल,७ चैत । सुनवल १० खकरीबारीमा संचालित ५ दिने उद्याेषण एवम् माइनट लेखन तालिम आज मंगलबार सम्पन्न भएकाे छ । महिला उद्यम केन्द्रकी अध्यक्ष दिलमाया भट्टराईकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएकाे हाे । महिलाकाे नेतृत्व विकाश र महिला क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित आयाेजना गरिएकाे यस तालिमले आफुमा निडरता र हरेक ठाउँमा बाेल्न सक्ने क्षमताकाे वृद्धि भएकाे प्रशिक्षार्थी पद्मा थापाले बताउनुभएकाे छ । त्यसैगरी लामाे समयदेखि माइनट लेख्न नजान्दा हिसाबकिताबकाे काममा अरूकाे निर्भर पर्नुपरेकाे प्रति दुख व्यक्त गर्दै याे तालिमले एउटा अवसर प्रदान गरेकाेमा प्रशिक्षार्थी मनिषा कार्कीले खुसी व्यक्त गर्नुभएकाे थियाे । ४० जना भन्दा बढि महिला दिदिबहिनीहरूकाे सहभागीता रहेकाे तालिमकाे मुख्य प्रशिक्षक नवलपरासी महिला प्रेस क्लबकी अध्यक्ष कल्पना खरेल र जनता सम्झाेैता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डाेलराज भण्डारी रहनुभएकाे थियाे ।