२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एक्सपर्टमामा बुधबार कन्क्लेभ हुँदै,आयरल्याण्डका प्रतिनिधिहरुबाट परामर्श लिन सकिने

२०८० चैत्र ६, मंगलबार प्रकाशित ( महिना अघि) १९७ पाठक संख्या

बुटवल, ६ चैत । बैदेशिक अध्ययनमा जान चाहने युवाहरुलाई परामर्श सेवा दिदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा बुधबार एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । सर्भिसेज बुटवलका प्रबन्ध निर्देशक रोशन कंडेलले कन्क्लेभको
सम्पूर्ण तयारी पुरा भएको बताए ।

अष्टे«लिया, क्यानडा, अमेरीका, बेलायत लगायतका बिश्वबिद्यालयमा अध्ययन गर्न जान चाहने युवा बिद्यार्थीहरुलाई शैक्षिक, आर्थिक लगायतका परामर्श प्रदान कार्यक्रममा हुने उनले बताए । प्रबन्ध निर्देशक कंडेलले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिन सकिने बताए । कंडेलले भने–‘हामीले शैक्षिक, आर्थिक र अन्य भौतिक बिषयमा प्रष्टसँग जानकारी गराउँछौं ।’ यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको अध्ययन, अवस्थाका बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिईने बताए ।

कन्क्लेभमा सहभागी हुनेले विभिन्न उपहारहरु समेत पाउने छन् । यसअघि क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर सम्पन्न गरि सकेको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, यु.एस.ए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको उनले बताए ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो ।

एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक
परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस