२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बेहुला बनाउँछु भन्थी……बोलको गीतमा गायक रमेशराज भट्टराईसँगै झुमे परासी मेलाका दर्शक

२०८० फागुन २६, शनिबार प्रकाशित ( महिना अघि) १४८ पाठक संख्या

परासी, २६ फागुन । छैठौँ संस्करणको नवलपरासी औद्योगिक व्यापार मेलामा शनिबार चर्चिच लोक आधुनिक गायक रमेशराज भट्टराईको प्रस्तुतीमा परासीका दर्शक रमाएका छन् । परासीमा जारी मेलामा परासीवासीलाई नचाउन र भरपुर मनोरञ्जन दिन ख्याति प्राप्त गायक भट्टराईको प्रस्तुती बेजोड रहेको थियो ।
उहाँले बहुचर्चित गीत बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई बोलको गीत गाउँदा दर्शकहरु झुमेर नाचेका थिए । दर्शकले पटकपटक सोही गीत गाउन आग्रह गरेपछि गायक भट्टराईले उक्त बोलको गीत तीन पटकसम्म गाउनु परेको थियो । यसबाहेक बबाल भो लगायतका थुप्रै आफ्ना गीत मार्फत उहाँले मनोरञ्जन प्रदान गर्नुभएको मेलाका सांस्कृतिक संयोजक एवं मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्तले बताउनुभयो । मेलामा दैनिक रुपमा ख्याति प्राप्त नेपाली तथा भोजपुरी कलाकारहरुको प्रस्तुती रहने गरेको छ । आज मेलामा दर्शकको पनि उल्लेख्य सहभागिता थियो ।
पछिल्लो समय परासीमा जारी मेलामा दर्शकहरुको संख्या पनि ह्वात्तै बढेको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । मेलामा भोली भोजपुरी गायक सुनिल पण्डित लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । फागुन १६ देखि जारी मेला फागुन ३० गतेसम्म सञ्चालन हुने संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस