२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

क्षेत्री समाजका जिल्ला अध्यक्ष कार्कीको जन्मोत्सवमा नेपाली संस्कारको अनुशरण

२०८० फागुन २६, शनिबार प्रकाशित ( महिना अघि) १६५ पाठक संख्या

परासी, २६ फागुन । समाजसेवी एवं क्षेत्री समाज नेपाल पश्चिम नवलपरासीका अध्यक्ष मनोज कुमार कार्कीले आफ्नो जन्मदिनलाई हिन्दु संस्कार अनुसार मनाउनुभएको छ । अधिकांश नेपालीहरुले पश्चिमा संस्कृतिको देखासिक गरि जन्मोत्सव मनाउने गरेपनि अध्यक्ष कार्कीले भने त्यसलाई परिवर्तन गर्नुपर्ने सन्देश दिँदै आफ्नो परम्परा अनुसार जन्मदिन मनाएर आफैबाट परिवर्तनको शुरुवात गरेको बताउनुभयो ।
पछिल्लो समय आफू जन्मेको दिनलाई विशेष उत्सवको रुपमा मनाउने प्रचलन नेपाली समाजमा बढ्दै गएको छ । धेरैजसो नेपालीले आफू जन्मिएको मितिका दिन बर्थ डे भनेर मनाउने गरेका छन् । सामाजिक सञ्जाल फेसबुकले पनि बर्थ डे मनाउन सबैलाई जन्मदिनको सूचना दिन्छ । कलिला बालबच्चाहरुदेखि ८०÷ ९० वर्ष पुगेका हजुरबुबा हजुरआमाहरु पनि स्वतःस्फूर्त रुपमा होस् वा छरछिमेक र परिवारका सदस्यको करकापमा होस् बर्थ डे मनाउन अग्रसर भएका देखिन्छन् ।
तर आफ्नो जन्मदिनलाई नेपालीहरुले आफ्नो परम्परागत संस्कार अनुसार नभई पश्चिमा संस्कृतिको देखासिकी मनाउने गरेको कारण धेरैले आलोचना पनि गर्दै आएका छन् । बर्थ डेका दिन जसको जन्मदिन हो उसले सोलीजस्तो आकारको चुच्चे टोपी लगाउनैपर्ने, एकैछिन मात्र उज्यालो दिने पटकाजस्तो झिलझिले बत्ती बाल्नैपर्ने, ह्याप्पी बर्थ डेसहित आफ्नो नाम लेखिएको केक काट्नैपर्ने, जुठो समेत ख्याल नै नगरीकन काटिएको केक खानैपर्ने, ख्वाउनैपर्ने र त्यही जुठो केक गालामा, चिउँडामा अनि निधारमा समेत दलिदिनैपर्ने प्रचलनले पाका पुस्ताले जन्मदिनलाई खासै उल्लासपूर्ण रुपमा मनाउने रुचि राख्दैनन् ।
पश्चिमा संस्कृतिलाई बढवा दिनुभन्दा आफ्नै संस्कृतिलाई जर्गेना गर्ने गरि हिन्दु परम्परा अनुसार आफूले जन्मोत्सव मनाएको कार्कीको भनाई छ । कार्कीले आज आफ्नै बर्दघाट १३ लेवडा स्थित आफ्नै निवासमा क्षेत्री समाजका सदस्यहरु तथा विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागितामा दियो बालेर पूजाआजासहित जन्मोत्सव मनाउनुभएको हो ।

2

 

“हाम्रो हिन्दुधर्म परम्परामा कसरी जन्मोत्सव मनाइन्छ ? भन्ने बारेमा हाम्रा आमाबुबाहरुले हामीलाई प्रशिक्षित नगरिदिएका कारण हामी मात्र होइन हाम्रा सन्ततिहरु यसरी आयातीत पाश्चात्य संस्कृतिप्रति अन्धाधुन्ध दिन प्रतिदिन आकृष्ट हुँदै हाम्रो परम्पराबाट विमुख हुँदै गएका हुन्”, उहाँले भन्नुभयो, “हाम्रो हिन्दुधर्म र संस्कृतिअनुसार जन्ममितिका आधारमा रातमा जन्मोत्सव मनाइँदैन र जन्मोत्सवका दिन नङ, दाह्री र कपाल काट्नु हुँदैन, मासु खान, झगडा गर्न र हिंसा वा काटमार गर्न पनि निषेध मानिएको छ ।”

क्षेत्री समाज जिल्ला कार्य समितिले आयोजना गरेको कार्कीको ५९ औँ जन्मोत्सव समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, सुनवल नगरपालिकाका पूर्व मेयर भीमबहादुर थापा, रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुंवर, क्षेत्री समाजका जिल्ला तथा नगर कार्य समितिका पदाधिकारी, पत्रकार लगायतको उल्लेख्य सहभागिता थियो ।

4

सहभागिहरुले अध्यक्ष कार्कीलाई टीका लगाएर आशीर्वाद दिएका थिए । बर्थ डेका नाममा उपहारहरु दिने प्रचलन पनि हिन्दु संस्कार अनुसार नभएकोले आफूले कुनै उपहार पनि नलिएको उहाँले बताउनुभयो । उपस्थित सबैलाई गाजर हलुवा प्रसादका रुपमा बाँडेको र दियो बालेर जन्मोत्सव स्थललाई उज्यालो बनाएको उहाँले बताउनुभयो । चुच्चे टोपीको सट्टा नेपाली ढाकाटोपी लगाएर मान्यजनबाट आशीर्वाद थापेको बताउँदै उहाँले नजानेर वा नबुझेर लहैलहैमा बर्थ डे मनाउनुभन्दा जानेबुझेर आफ्नै शास्त्रीय परम्पराअनुसार जन्मोत्सव मनाउन सबैलाई आग्रह पनि गर्नुभएको छ ।
“अन्धकारमय रातको १२ बजेको समयमा निद्रा बिगारेर बर्थ डेको शुभकामनाका दिनुभन्दा आरोग्य वा स्वस्थताका प्रतीक सूर्यले संसारलाई उज्यालो बनाइरहेको समयमा जन्मोत्सवको शुभकामना आदानप्रदान गरी हिन्दुधर्म र संस्कृतिको संरक्षण गर्नुमा नै हामीले आफ्नो अस्तित्व भेट्न सक्नेछौँ”, उहाँले भन्नुभयो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस