२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिुखीकरण

२०८० फागुन २४, बिहिबार प्रकाशित ( महिना अघि) १८९ पाठक संख्या

परासी, २४ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पवन माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण गरिएको छ । रामग्राम महिला जेसीजले रामग्राम नगरपालिका वडा नं.२ कार्यालयको सहयोगमा आज उक्त विद्यालयका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यको विषयमा अभिमुखिकरण गरेको हो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी मनोसामजिक परामर्शकर्ता सुमित्रा चौधरीले मानसिक तथा मनोसामाजिक स्वास्थ्यको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले मानसिक स्वास्थ्य समस्या,मनको समस्या, वर्तमान समयममा मानसिक स्वास्थ्यको अवस्था, कारण र असरहरु तथा यसको व्यवस्थापनको विषयमा प्रकाश पार्नुभएको थियो ।
पछिल्लो समय मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन गर्न नसक्दा मानिसहरु विभिन्न दुर्घटनामा पर्ने, आत्महत्या हत्या गर्ने, कुलतमा लाग्ने जस्ता समस्या बढ्दै गएकोले विद्यालय तहका विद्यार्थीहरुमार्फत यसको न्यूनीकरणमा सचेत गराउन मानसिक स्वास्थ्यको विषयमा सचेतना जगाईएको रामग्राम महिला जेसीज वर्ष २०२४ की अध्यक्ष विनिता खड्काले जानकारी दिनुभयो । विशेषगरी किशोरकिशोरी अवस्थामा मानसिक रुपमा स्वस्थ रहनुपर्ने र किशोरअवस्थामा आउने तनावहरुको व्यवस्थापन गर्ने सीपको बारेमा यस अभिमुखिकरणले महत्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ ।
रामग्राम महिला जेसीजकी अध्यक्ष खड्काको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ का तालिम संयोजक गणेश पाण्डे शिषम, रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल, पवन माविका सहायक प्रधानाध्यापक शालिकराम लामिछाने, रामग्राम जेसीजका पूर्व अध्यक्ष द्धय राजकुमार रेश्मी र चन्द्रमणि चौधरी, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभा ज्ञवाली, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रिति अग्रहरी, सहकोषाध्यक्ष अन्नु सुनार लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको रामग्राम महिला जेसीज वर्ष २०२४ की महासचिव सरिता कुर्मीले जानकारी दिनुभयो ।

M2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस