२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी मेलामा मंगलबार रक्तदान कार्यक्रम हुँदै, मेलामा दाँत र आँखाको निःशुल्क परीक्षण

२०८० फागुन २२, मंगलबार प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

परासी, २२ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा आज बृहत रक्तदान कार्यक्रम हुने भएको छ । मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा मेला परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
आज फागुन २२ गते विहान दश बजेदेखि रक्तदान कार्यक्रम हुने संघका कार्यकारी सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक बालकिशुन बानियाले जानकारी दिनुभयो । रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । मेला स्थलमै आयोजना हुने कार्यक्रममा रक्तदान गरि मानवीय सेवामा सरिक हुन ईच्छुक रक्तदाताहरुमा आयोजकले आग्रह गरेको छ।
यसैबीच परासी मेलामा आउने दर्शकहरुको लागि मेला परिसरमा स्वास्थ्य सेवामा विशेष छुटसहितको सुविधा रहेको स्वास्थ्य उपसमिति संयोजक बानियाले बताउनुभयो । उहाँका अनुसार मेलामा आउने दर्शकलाई आकस्मिक दुर्घटना वा कुनै कारणले चोटपटक लागेमा प्राथमिक उपचारको व्यवस्था गरिएको छ । एभरग्रीन अस्पताल परासीले मेला परिसरमै स्टल राखि प्राथमिक उपचारको सेवा प्रदान गरिरहेको छ । थप उपचार गर्नुपरेमा अस्पतालले पचास प्रतिशत छुटमा स्वास्य परिक्षण र औषधीमा विस प्रतिशत सम्म छुट दिने संयोजक बानियाले जानकारी दिनुभयो ।
यस्तै मेला अवधिभर मेला स्थलमै निःशुल्क दाँत परीक्षणको पनि व्यवस्था मिलाईएको छ । सुनवल डेन्टल केयरले मेला स्थलमै किराले खाएको दाँत निकाल्ने, मसला भर्ने, दाँत सफा गर्ने कार्य निःशुल्क गरिरहेको छ । थप उपचार गर्नुपरेमा मेला सकिएको एक महिना भित्र पचास प्रतिशत छुटमा दाँत उपचार गर्ने डेन्टल केयरले जनाएको छ ।
मेला परिसरमै भगवती नेत्रालयले निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिरहेको छ । चस्मा बनाउनुपरेमा पचास प्रतिशत छुटको व्यवस्था रहेको बानियाले बताउनुभयो । मेलामा दर्शकलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या नहुने गरि स्वास्थ्य उपचारको सेवा मिलाईएको उहाँले बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस