

परासी, २० फागुन । राप्रपा नवलपरासीका युवा नेता मनोहर रायमाझी प्रदेश उपाध्यक्षमा मनोनीत हुनु भएको छ । रायमाझी यसअघि पार्टीको प्रदेश सदस्य हुनुहुन्थ्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले आज उहाँलाई प्रदेश उपाध्यक्षमा मनोनीत गर्नुभएको हो ।
उपाध्यक्ष नियुक्त गर्दै अध्यक्ष उदयले नवनियुक्त उपाध्यक्ष रायमाझीलाई राप्रपाको नीति,सिद्धान्तप्रति समर्पित रहि सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै संगठन विस्तार र पार्टी गतिविधिमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
