२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अर्थमन्त्री महतद्धारा छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन

२०८० फागुन १६, बुधबार प्रकाशित ( महिना अघि) १८० पाठक संख्या

परासी, १६ फागुन । अर्थमन्त्री डा.प्रकाशशरण महतले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला शुरु भएको छ । मेलाको आज भव्य समारोहकाबीच अर्थमन्त्री डा.प्रकाशरण महतले उद्घाटन गर्नुभएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा रामग्राम ५ वाईपास रोड नजिकै आयोजना गरिएको मेलामा जिल्लास्थित पूर्वमन्त्री, पूर्वराज्य मन्त्रीहरु, संविधानसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख उपप्रमुखहरु, राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको छ ।मेलाको उद्घाटन अघि अर्थमन्त्री महतले आजै महेशपुर भन्सार र रामग्राम स्तुपको पनि भ्रमण अवलोकन गर्नुभएको थियो ।
समारोहमा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले निजी क्षेत्रको विभिन्न समस्याहरु समाधानका लागि अर्थमन्त्री महतको ध्यानाकर्षण गराउनुभयो । महेशपुर भन्सारमा भन्सार कोड नहुँदा आयातमा समस्या भएको, औद्योगिक करिडोर क्षेत्रको घोषणा गरि आवश्यक सुविधा प्रदान गर्नुपर्ने कृषि, स्वस्थ्य, पर्यटन, उद्योग व्यापार क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्न र आर्थिक मन्दीका कारण धरासायी बनेका व्यवसायको उत्थानमा विशेष पहल गर्न अध्यक्ष अग्रहरीले आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस