२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजको सचिवालय उद्घाटन

२०८० फागुन ७, सोमबार प्रकाशित ( महिना अघि) २४० पाठक संख्या

परासी, ७ फागुन । रामग्राम महिला जेसीजको सचिवालय उद्घाटन गरिएकोे छ । महिला जेसीजले स्थापनाको १३ औँ वर्षमा आफ्नो सचिवालय स्थापना गरेको हो ।
रामग्राम ५ मा स्थापना गरिएको जेसीज सचिवालयको आज एक समारोहकाबीच नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले उद्घाटन गर्नुभयो । उहाँले रामग्राम महिला जेसीज स्थापनाको लामो समयपछि सचिवालय स्थापना गरि संस्थागत रुपमा अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले युवाहरुको नेतृत्व, व्यक्तित्व विकासका लागि महिला जेसीजलाई सक्रिय रुपमा अघि बढ्न आग्रह गर्नुभयो ।
रामग्राम महिला जेसीज वर्ष २०२४ की अध्यक्ष विनिता खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल, रामग्राम जेसीजकी पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादव, कार्यकारी उपाध्यक्ष डोल्मा चौधरी, सहसचिव लक्ष्मी चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादवको विशेष सहयोगमा सचिवालय स्थापना गरिएको रामग्राम महिला जेसीजले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस