२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जिसन नवलपरासीको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० माघ २५, बिहिबार प्रकाशित ( महिना अघि) ४५५ पाठक संख्या

मोहन पौडेल
परासी, २५ माघ । निजी तथा आवासीय विद्यालयहरुको संगठन शैक्षिक ऐक्वद्धताको समूह नेपाल(जिसन) नवलपरासीको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज रुपन्देहीको देवदहस्थित गौतम बुद्ध पार्कमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक, आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजनाहरुको विषयमा आवश्यक छलफल गरेको जिसनले जनाएको छ ।
जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभा उद्घाटनको अवसरमा बोल्ने वक्ताहरुले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले शैक्षिक गुणस्तर अभिवृद्धिमा गरेको योगदानको चर्चा गरेका थिए । जिसनका प्रमुख सल्लाहकार रौनियारले सरकारी लगानीका भन्दा निजी लगानीमा सञ्चालित विद्यालयहरुले उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको तर सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्रबाट सञ्चालित विद्यालयको दिगोपना र शैक्षिक गुणस्तर थप अभिवृद्धिका लागि एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा जिसनका सल्लाहाकार द्धय यमबहादुर थापा, ईन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष थमन शेरचन,उपाध्यक्ष सञ्जय ढुंगाना, सचिवमा यज्ञप्रसाद न्यौपाने लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । साधारणसभाको बन्द शत्रमा सचिव यज्ञप्रसाद न्यौपानेले वार्षिक सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सुवर्ण उपाध्यायले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको वरिष्ठ उपाध्यक्ष शेरचनले जानकारी दिनुभयो ।
जिसनमा आवद्ध करिब सबै विद्यालयका संस्थापक एवं प्रिन्सिपलहरु तथा उहाँहरुका प्रथम महिला, विभिन्न पब्लिकेशनका प्रतिनिधिहरु र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा निजी विद्यालय सञ्चालकका श्रीमान श्रीमती दुवैलाई मायाको चिनोसहित सम्मान गरिएको जिसनले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस