२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रस परासी उपशाखाको सभापतिमा अग्रहरी निर्वाचित

२०८० माघ २४, बुधबार प्रकाशित ( महिना अघि) ४९५ पाठक संख्या

मोहन पौडेल
परासी, २४ माघ । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको सभापतिमा सन्दिप अग्रहरी निर्वाचित हुनुभएको छ । उपशाखाको सभापति पदका लागि आज भएको मतदानबाट ११० मतको फराकिलो अन्तरले अग्रहरी विजयी हुनुभएको हो ।
अग्रहरीले १५६ मत ल्याउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धी अवधेस यादव(त्रिवेणी)ले ४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी रुद्रकुमारी कँडेलले जानकारी दिनुभयो । परासी उपशाखामा कूल मतदाता ३०७ जना रहेकोमा २०२ जनाले मतदान गरेका थिए । अन्य पदमा भने यसअघि नै सर्वसम्मत भईसकेको थियो ।
गत माघ २० गते सम्पन्न परासी उपशाखाको ११ औँ साधारणसभा तथा चौँथो अधिवेशनमा नेतृत्व चयन गर्ने क्रममा अन्य पदमा सर्वसम्मत भएपनि सभापतिमा सहमति नभएपछि आज चुनाव भएको हो । उपशाखाको उपसभापति(महिला)मा सिता कुँवर, सचिवमा बसन्त पराजुली, कोषाध्यक्षमा सुरज यादव, उपसचिवमा नगेन्द्र गुप्ता, उपकोषाध्यक्षमा पवित्रा भाट क्षेत्री तथा महिला सदस्यमा विजया लक्ष्मी शर्मा, खुल्ला सदस्यमा राधिका पौडेल, रोशन शाह, दिनेश उपाध्याय, ताराचन्द्र बर्मा लगायत रहनुभएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
उपशाखाका नवनिर्वाचित सभापति अग्रहरी नेपाल जेसीज वर्ष २०२४ को राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष हुनुहुन्छ भने उपविजेता यादव उपशाखाको निवर्तमान सभापति हुनुहुन्छ । नवनिर्वाचित सभापति अग्रहरीले सबैको सहयोग र सहकार्यका साथ उपशाखालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै निवर्तमान सभापति यादवले नयाँ समितिलाई पूर्ण साथ दिने र आफ्नो अनुभव आदानप्रदान गरि उपशाखालाई थप क्रियाशील बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस