२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

विभिन्न रचनात्मक कार्यक्रम सहित ६४ औँ वार्षिकोत्सव मनाउँदै महाकवि देवकोटा नमूना मावि

२०८० माघ २३, मंगलबार प्रकाशित ( महिना अघि) ३८८ पाठक संख्या

मोहन पौडेल
परासी, २३ माघ । पश्चिम नवलपरासीकै नमूना सामुदायिक विद्यालयको रुपमा परिचित सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा नमूना माध्यामिक विद्यालयले विभिन्न कार्यक्रमका साथ आफ्नो ६४ औँ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । पछिल्लो समय विद्यार्थी आकर्षणको केन्द्र बन्दै गएको यस विद्यालयले आज माघ २२ देखि २६ गतेसम्म सरसफाइ,खेलकुद,सांस्कृतिक लगायतका विभिन्न कार्यक्रम गरि वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो ।
विद्यालयले आगामी माघ २६ गते विशेष कार्यक्रम गरि ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिनुभयो । वार्षिकोत्सव भव्य रुपमा मनाउने क्रममा आज पहिलो दिन विद्यालयदेखि सुनवल चोकसम्म बृहत सरसफाइ, विविध सांस्कृतिक, खेलकुद तथाअ अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिएको र भोली माघ २४ गते सुनवल चोकदेखि विद्यालय परिसरसम्म झाँकी र बाजागाजासहित बृहत प्रभातफेरि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
माघ २५ गते विविध सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा विभिन्न प्रतियोगिताहरुको पुरस्कार वितरण कार्यक्रम हुने तथा माघ २६ गते वार्षिकोत्सव एवं अभिभावक भेला समारोह उद्घाटन,सम्मान, पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम गरि भव्य रुपमा मनाईने अध्यक्ष अर्यालले बताउनुभयो ।
यस विद्यालयले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप बढिरहेको छ ।
हाल यस विद्यालयमा करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खेमलाल शर्माले बताउनुभयो । विद्यालयमा ८३ शिक्षक र २४ जना कर्मचारी गरी १०७ जना कार्यरत छन् । यो विद्यालय ङ्घीय सरकारबाट जिल्लाकै पहिलो नमूना विद्यालयमा छनोट भएको थियो भने लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सम्मानित पनि भएको थियो ।
विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अङ्ग्रेजी माध्यममा तथा कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा, मानविकी र कानुन सङ्कायका कक्षा सञ्चालनमा रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
यसका साथै डिप्लोमा ईन अटोमोबाइल इञ्जिनीयरिङ(३६ महिने), छोटो अवधिको प्राविधिकधार तर्फको तालीम, खुल्ला एसइई, प्राविधिक धारतर्फको पुरक पाठ्यक्रम पनि सञ्चालनमा छ ।
उत्कृष्ट व्यवस्थापन, शिक्षकको मेहनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, बालमैत्री, अपाङ्गतामैत्री र छात्रा मैत्री वातावरण लगायतका कारण विद्यालय अब्बल बन्दै गएको प्रअ शर्माको भनाइ छ ।
विद्यालयले प्रतिस्पर्धी, सक्षम र रोजगार उन्मुख नागरिक उत्पादनमा जोड दिएको उल्लेख गर्दै उहाँले विद्यालयलाई अब्बल बनाउन वार्षिक तथा दैनिक पाठ योजना बनाइ शिक्षण गर्ने गरिएको, शिक्षकलाई विषयगत पेसागत तालिम दिने गरिएको, प्रविधिको उच्चतम प्रयोगमा अग्रसर गराइएको बताउनुभयो ।
मुलुककै उत्कृष्ट विद्यालयमध्येको एक शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामजी पराजुलीले बताउनुभयो ।
“यस विद्यालयलाई यस क्षेत्रको शैक्षिक हवको रुपमा विकास गर्दै भ्रमणयोग्य शैक्षिक गन्तव्यको रुपमा विकास गर्दै लैजाने मूख्य उद्देश्य हो, बालमैत्री वातावरण, साधारण र प्राविधिक शिक्षामा उच्चतम् सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, रोजगार उन्मुख, नैतिक र असल नागरिक उत्पादन गर्ने नमूना र नेतृत्वदायी संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो ।
विसं २०१६ मा तत्कालीन सरस्वती प्राविको रुपमा स्थापना भई हाल महाकवि देवकोटा माविको रुपमा परिचित सो विद्यालय तीन ठाउँमा सञ्चालनमा छ । सुनवल–१, ४ र १० मा रहेका छुट्टाछुट्टै भवनबाट एकैपटकमा ५१ कक्षा सञ्चालन हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस