२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा सुन व्यवसायी विश्वकर्मा माथि गोली प्रहार

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) ११४२ पाठक संख्या

मोहन पौडेल
परासी, २० माघ । पश्चिम नवलपरासीमा एक व्यवसायी माथि गोली प्रहार भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं.१६ स्थित केराबारीमा सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि आज साँझ अज्ञात समूहले गोली प्रहार गरेको हो ।
गोली प्रहारबाट व्यवसायी विश्वकर्मा घाईते हुनुभएको छ । उहाँको दाईने हातमा गोली लागेको बताईएको छ । गोली प्रहारबाट घाईते विश्वकर्मालाई स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए । उहाँको अहिले बुटवलमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले दैनिक ट्वान्टीफोर खवरलाई जानकारी दिनुभयो ।
बरुवामा धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी विश्वकर्मा माथि पसल बन्द गरि बर्दघाट घरतर्फ आउँदै गर्दा केराबारी नजिकै रहेको पुलमा आज साँझ सात बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको एसपी आचार्यले बताउनुभयो । लुटपाटको उद्देश्यले गोली प्रहार गरेको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहार गर्ने समूहको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%३%

प्रतिक्रिया दिनुहोस