२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा औद्योगिक व्यापार मेलाको तयारी, प्रजिअद्धारा मेला स्थलको निरीक्षण

२०८० माघ १५, सोमबार प्रकाशित ( महिना अघि) ५४१ पाठक संख्या

मोहन पौडेल
परासी, १५ माघ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी थालिएको छ । मेला आयोजक संस्था नवलपरासी उद्योग वाणिज्य संघले छैँठौँ नवलपरासी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने गरि तयारी थालेको हो ।
यसअघि गत मंसिर ५ देखि १७ गतेसम्म आयोजना हुने भनिएको मेला विशेष कारण स्थगित भएको थियो । अहिले आउँदो फागुन महिनाको मध्यतिर मेला सञ्चालन गर्ने गरि तयारी थालिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । मेला रामग्राम–१२ कशिया शान्तिचौरस्थित सिसमघारीमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
अहिले मेला स्थलको व्यवस्थापनको काम भईरहेको छ । यो स्थानमा पहिलो पटक मेला आयोजना गर्न लागिएकोले व्यवस्थापनमा केही कठिनाई देखिएपनि एक महिना अघिदेखि नै तयारी थालिएको अध्यक्ष अग्रहरीले बताउनुभयो । मेला स्थलमा रहेको झाडि सफाइ भईरहेको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
यसैबीच मेला स्थलको सुरक्षा तथा अन्य तयारीको विषयमा आज प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थलगत निरीक्षण तथा जानकारी लिनुभएको छ । विशेषगरी उक्त स्थानमा मेला सञ्चालन गर्दा चुनौतीको रुपमा देखिएको पार्किङ र ट्राफिक व्यवस्थापनको विषयमा प्रजिअ पन्थीले आयोजक संस्था उद्योग वाणिज्य संघका पदाधिकारीसँग चासो लिनुभएको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसहित पुग्नुभएका  उहाँले मेलाको समग्र नक्सांकन गरि पेश गर्न आग्रह पनि गर्नुभयो ।
कोरोना महामारीपछि परासीमा पहिलो पटक व्यापार मेला आयोजना हुन लागेको हो । यस मेलाले यस क्षेत्रको आर्थिक चलायमानमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको विश्वास छ । जिल्लाको कृषि, पर्यटन, उद्योग, व्यापारको प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस मेलामा करिब दुई सय स्टल रहने संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस