२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलको बडसारमा शिवपार्वती मन्दिर निर्माण हुने, पालिका अध्यक्ष चौधरीद्धारा भूमि पूजन

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) ४२९ पाठक संख्या

परासी, १२ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.६ बडसारमा शिवपार्वती मन्दिर निर्माणका लागि भूमि पुजन गरिएको छ । सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले आज एक समारोहकाबीच शिव पार्वती मन्दिरको निर्माणका लागि भूमि पुजन(शीलान्यास) गर्नुभएको हो ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि शिवपार्वतीको मन्दिर निर्माण गरिने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । दुई कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त स्थानमा जिर्ण अवस्थामा रहेको शिवपार्वतीको पूरानो मन्दिर रहेको छ ।
नयाँ मन्दिर निर्माणसँगै यस क्षेत्रमा पर्यटक आकर्षण गर्ने गरि पूर्वाधार निर्माण गर्न स्थानीयवासी समेत लागि परेको अध्यक्ष चौधरीले बताउनुभयो ।
रु पचास लाखको लागतमा त्यहाँ निर्माण हुने मन्दिर, धर्मशाला,प्रतिक्षालय, ईन्टरलक, मार्बलसहितका संरचना निर्माणका लागि यस वर्ष वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको छ । स्थानीयको श्रमदान र केही समय अघि गरिएको महायज्ञबाट संकलिन रकम समेत समावेश गरि मन्दिर निर्माण गरिने बताईएको छ । मन्दिर निर्माणका लागि अपुग रकम आगामी वर्ष गाउँपालिकाबाट पनि विनियोजन गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण प्रसाद चौधरी, समाजसेवी अनिल गौड, उत्तमा राय, ईन्द्रकमल यादव लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस