२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा २५० बढी राष्ट्रिय अन्तर्राष्ट्रिय साईकल यात्रीलाई रामग्राम स्तूपमा स्वागत

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) ३८३ पाठक संख्या

परासी, १२ माघ । भगवान् गौतम बुद्धसँग सम्बन्धित स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको बुद्ध ज्ञान साईकल यात्रा २०८० को टोलीले रामग्राम स्तूपाको भ्रमण अवलोकन गरेको छ । भैरहवाबाट शुरु भएको उक्त साईकल यात्राको टोलीलाई शुक्रबार विहान पश्चिम नवलपरासीको रामग्राम–७ उजैनीस्थित रामग्राम स्तूपमा रामग्राम जेसीजले भव्य स्वागत गरेको थियो ।
साईकल सिटी भैरहवाको आयोजनामा शुरु भएको विश्व साईकल यात्री पुष्कर शाहसहितका २५० जना राष्ट्रिय तथा अन्र्तराष्ट्रिय साईकल यात्रीहरुको टोलीलाई रामग्राम स्तूपमा स्वागत गर्दै स्तूपको महत्वबारे जानकारी गराईएको हो । स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ १२ गते भैरहवाबाट शुरु भएको उक्त साईकल यात्रा बुद्धसँग सम्बन्धित स्थलहरु रामग्राम, पण्डितपुर, देवदह, तिलौराकोट हुँदै माघ १३ गते भैरहवामा सम्पन्न हुँदैछ ।
रामग्राम स्तूपमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले साईकल यात्रीहरुको टोलीलाई भगवान् गौतम बुद्धको अस्तिधातु रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपमा स्वागत गर्न पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले विश्वका बौद्ध धर्मावलम्बीहरु र विदेशी पर्यटकलाई अत्यन्त महत्वपूर्ण स्थलको रुपमा रामग्राम रहेपनि यहाँको उचित विकास, संरक्षण,सम्बद्र्धन तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै बुद्ध ज्ञान साईकल यात्राको माध्यमबाट यहाँको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले अहिलेसम्म उत्खनन् नभएको विश्वकै एकमात्र पवित्र अस्थिधातु रहेको अति महत्वपूर्ण स्थल रामग्राम स्तूपसहित कोलिया गणराज्यको राजधानी पण्डितपुरको समेत यो साईकल यात्राको माध्यमबाट विश्वका बौद्ध धर्मावलम्बीहरुबीच प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संघीय सरकार अन्तरगत रहेका कारण रामग्राम स्तूपको उचित विकास हुन नसकेको बताउँदै नगर प्रमुख यादवले यस क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारका लागि स्थानीय सरकारको तर्फबाट पहल गरिरहेको उल्लेख गर्नुभयो । नगर प्रमुख यादवले रामग्राम नगर भित्रका सडकहरुमा हाल साईकल लेन नरहेकोले अवदेखि निर्माण हुने सबै सडकहरुमा साईकलका लागि छुट्टै लेन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरी, साईकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु लगायतको सहभागिता थियो भने रामग्राम जेसीज वर्ष २०२४ का कानूनी सल्लाहकार विष्णुराज राव, महासचिव मुकेश नारायण लोनिया, कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष सुनिल कुमार यादव लगायतले शुभकामना व्यक्त गर्र्नुभएको थियो ।

20

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस