२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मानव बेचविखन तथा ओसारपसार कसुरमा तीन जना पक्राउ

२०८० माघ ९, मंगलबार प्रकाशित ( महिना अघि) ४७० पाठक संख्या

परासी, ९ माघ । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पश्चिम नवलपरासीबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.५ स्थित नेपाल–भारत सीमा दशगजा नजिकबाट मानव बेचविखनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय र एक नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं.२ हाटबजार टोलका २१ वर्षीय कलिम मिया, भारतको देवरिया जिल्ला थाना बरहजवा ग्राम करजहाका २६ वर्षीय अरुण मल र भारतकै महाराजगंज थाना कोतवाली ग्राम दुवौली टोल छोटी पकडी नौनियाका २८ वर्षीय शैलेश बर्मा रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
रामग्रामका मियाले लु १८ प ५२६९ नम्बरको मोटरसाइकलमा लगेका दुई किशोरीलाई भारतीय नम्बर प्लेट यूपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकलमा आएका भारतीय नागरिक मल र बर्मालाई जिम्मा लगाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी बोहराले बताउनुभयो । पीडित किशोरीहरुलाई ललाई फकाई प्रलोभनमा पारी भारतको गोरखपुरतर्फ लैजादै गरेको भन्ने बुझिएकोले दुवै किशोरीहरुलाई पनि तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरि नवलपरासी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस