२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

महिला सञ्चारकर्मी संगठित,खरेलको नेतृत्वमा नवलपरासी महिला प्रेस क्लब गठन

२०८० माघ ५, शुक्रबार प्रकाशित ( महिना अघि) ३०१ पाठक संख्या

परासी, ५ माघ । महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हकहितमा आवाज उठाउन भन्दै पश्चिम नवलपरासीका महिला पत्रकारहरु संगठीत भएका छन् । जिल्लाका विभिन्न मिडियामा कार्यरत महिला सञ्चारकर्मीहरुको आज परासीमा सम्पन्न भेलाले नवलपरासी महिला प्रेस क्लब गठन गरि महिला पत्रकारको पक्षमा काम गर्ने जनाएको हो ।
भेलाले नवलपरासी खबर मिडिया प्रालि सुनवलकी पत्रकार कल्पना खरेलको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना केसी(पाल्हीनन्दन), सचिवमा डोल्मा चौधरी(सरावल), कोषाध्यक्षमा सितमति हरिजन(सुस्ता) तथा सदस्यमा आरती राना(बर्दघाट), मञ्जु यादव(सुनवल) र शोभा यादव(रामग्राम) चयन हुनुभएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासी जिल्लामा महिला पत्रकारको संख्या कमी रहेको र भएका महिला पत्रकारको पनि क्षमता अभिवृद्धि, पत्रकारितामा पहुँच बृद्धि एवं उनीहरुको हकहितको पक्षमा आवाज उठाईदिने निकायको कमी महशुस भएकोले सातै स्थानीय तहका महिला पत्रकारलाई संगठीत गरिएको अध्यक्ष खरेलले बताउनुभयो । महिला प्रेस क्लवले महिला सञ्चारकर्मीको पक्षमा काम गर्दै महिलाका मुद्धालाई प्राथमिकताका साथ मिडिया मार्फत उठान गर्ने उहाँले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पत्रकारिता क्षेत्रमा पहुँच विस्तार गर्न महिला पत्रकारको सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशालाई निरन्तरता दिन चुनौती रहेकोले महिला पत्रकारको पक्षमा बुलन्द आवाज उठाउन क्लवलाई आग्रह गर्नुभयो । परासी प्रेस क्लवका अध्यक्ष बेचु गौडले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको र महिला पत्रकारलाई थप चुनौती रहेकोले चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो ।
उक्त अवसरमा दैनिक ट्वान्टीफोर खबरका सम्पादक एवं रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, लुम्बिनी दैनिकका पत्रकार गौरीशंकर जयसवाल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको महिला प्रेस क्लवकी सचिव डोल्मा चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस