२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीबाट लागूऔषधसहित एक युवा पक्राउ

२०८० माघ ४, बिहिबार प्रकाशित ( महिना अघि) ७११ पाठक संख्या

मोहन पौडेल
परासी, ४ माघ । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट लागूऔषधसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका वडा नं.५ वाईपास चोकबाट रुपन्देहीको देवदह नगरपालिका वडा नं.१२ का २१ वर्षीय धमरबीर केवटलाई लागूऔषधसहित आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले महेशपुरबाट परासीतर्फ पैदल आउँदै गरेका केवट शंका लागि जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका केवटको साथबाट नोर्फिन ५२ एम्पुल,डाईजोपाम ५२ एम्पुल, फेनरागन ५२ एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । साथै नोर्फिनको ५४ पिस स्टीकर तथा दुई थान मोबाईल पनि बरामद गरिएको उहाँले बताउनुभयो । केवटमाथि थप अनुसन्धान भईरहेको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%

प्रतिक्रिया दिनुहोस