२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भेली उद्योगीको माग – पान बिलको आधारमा कारोबार गर्ने वातावरण बनाईयोस्

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) ३५५ पाठक संख्या

परासी २५ पुस । पश्चिम नवलपरासीका भेली उद्योगीहरुले पान बिलको आधारमा कारोबार गर्न पाउनुपर्ने माग गरेका छन । उनीहरुले उखुबाट उत्पादन गरेको भेली बजारमा बिक्री गर्दा पान बिलको आधारमा बिक्री गर्न पाउनुपर्ने माग गरेका हुन । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटालाई भेली उत्पादक समिती नवलपरासी पश्चिमले ज्ञापनपत्र बुझाउदै पान बिलको आधारमा भेली बिक्री र कारोबार गर्न पाउनुपर्ने बतावरण मिलाई दिन आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउदै भेली उत्पादक समितीका अध्यक्ष ओमप्रकाश जयसवालले भेली उद्योगबाट उत्पादित भेलीलाई बजारमा बिक्री गर्न लैजाँदा राजश्व अनुसन्धान कार्यालयले भ्याट बिल माग्दै रोक लगाउने र हैरानी गर्ने गरेको बताउनुभयो । उहाँले राजश्व अनुसन्धान कार्यालयले भ्याटको बहानमा भेली बिक्रीमा रोक लगाउदाँ भेली उद्योगीहरु मर्कामा परेको बताउनुभयो । भ्याटमा जाँदा बजारमा प्रतिष्पर्धा गर्न गाह्रो हुने र व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जयसवालको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी वैधानिक रुपमा उद्योग सञ्चालन गर्दै आएको र सरकारले भेली उद्योगलाई पान नम्बरकै आधारमा पचास लाख सम्मको कारोबार गर्न सक्ने सुविधान दिएकोले त्यसको कार्यान्वयनमा रोक लगाउन नहुने उद्योगीको भनाई छ ।
राजश्व अनुसान्धान कार्यालयले भ्याटमा जानुपर्ने भनि भेली बिक्रीमा रोक लगाई भेली उद्योगीहरुलाई अनावश्यक दुल्ख दिएको र उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगिएको भेली उत्पादक समितीका सचिव संजित शर्मालले बताउनुभयो ।
जिल्लामा ८० वटा बिधिवत रुपमा दर्ता भई भेली उद्योग संचालन रहेको छ भने सुस्तापारी मात्रै २३ वटा भेली उद्योगहरु रहेको भेली उत्पादक समितीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस