२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पूर्वराजा शाहद्धारा नवलपरासीको बर्दघाटे कालिका मन्दिरमा पूजाअर्चना

२०८० पौष १७, मंगलबार प्रकाशित ( महिना अघि) ७२६ पाठक संख्या

परासी, १७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे कालिका मन्दिरमा पूजाअर्चना गर्नु भएको छ ।
सरावल-७ मा रहेको कालिका मन्दिरमा आएर पूर्वराजा शाहले मंगलबार दर्शन तथा पूजाअर्चना गर्नु भएको हो ।
उक्त अवसरमा उहाँका समर्थकहरुले स्वागत गरेका थिए । पूर्वराजा शाहको स्वागत तथा अभिनन्दन मूल समारोह समितिले उक्त अवसरमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी हुनु भएका शाहलाई मूल समारोह समितिको तर्फबाट संयोजक सुधिर पाण्डे र राप्रपा उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ध्रुव बहादुर प्रधान,रामग्राम नगरपालिकाको तर्फबाट कार्यबाहक मेयर सम्झना चौधरी,सरावल गाउँपालिकाको तर्फबाट वडा नं. ३ का अध्यक्ष फिरंगी चौधरी र पाल्हीनन्दन गाउँपालिकाको तर्फबाट प्रतिनिधिले मायाको चिनो प्रदान गरेको राप्रपा नवलपरासीका प्रवक्ता सन्तोष पाण्डेले बताउनुभयो ।
सयौं समर्थक भेला भए पनि सम्बोधन नगरि फर्किनु भएका पूर्वराजा शाहले समर्थकलाई सांसद प्रदान मार्फत धन्यवाद व्यक्त गर्नुभएको थियोे ।
सांसद प्रधानले पूर्वराजा शाहको आगमनले बर्दघाटे कालिका मन्दिरको पुनःस्थापना,संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वराजा शाहलाई आयोजकले राजाकै हैसियतमा सम्बोधन तथा सम्मान गरेको थियोे भने समर्थकहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस