

परासी, १६ पुस । ब्राह्मण समाज नेपाल जिल्ला समिति नवलपरासीको अध्यक्षमा गिरिराज पाण्डेय चयन हुनुभएको छ । आईतवार सम्पन्न जिल्ला अधिवेशनले पाण्डेयको नेतृत्वमा नयाँ जिल्ला समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा दुर्गाप्रसाद उपाध्याय,सचिवमा यादव खनाल,सहसचिवमा रेवती न्यौपाने,कोषाध्यक्ष यज्ञमुर्ति न्यौपाने चयन हुनु भएको छ भने जिल्ला सदस्यमा पर्शुराम पोखरेल,लेखनाथ उपाध्याय,कृष्णप्रसाद भट्टराई,भोजराज बराकोटी,ज्ञानेश्वर न्यौपाने,रामकृष्ण उपाध्याय,प्रदीप पन्त लगायत रहनु भएको छ ।
ब्राह्मण समाजका ज्ञानेश्वर ज्ञवालीको अध्यक्षता तथा केन्द्रीय सचिव राधिका न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नारायण पाण्डे,नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्दछु ।
