२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नापी कार्यालय परासीका अमिन ढकाल घुस रकमसहित अख्तियारको नियन्त्रणमा

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ९७७ पाठक संख्या

परासी, ११ पुस । नापी कार्यालय पश्चिम नवलपरासीका अमिन गोविन्द ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जग्गा नाप जाँच गरि लालपुर्जा दिलाउने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट रु चार हजार घुस लिईसकेको अवस्थामा अमिन ढकाललाई उनकै कार्यकक्षबाट आज नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%२%

प्रतिक्रिया दिनुहोस