२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुस्ता गाउँपालिकाका गर्भवती महिलालाई रेडक्रसद्धारा कीटनाशक झुल वितरण

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ३९४ पाठक संख्या

परासी, ११ पुस । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका गर्भवती महिलाहरुलाई कीटनाशक विषादीयुक्त सुपानेट झुल वितरण गरिएको छ । गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले आज उक्त झुल वितरण गरेको हो ।
सुस्ता गाउँपालिका अन्तरगतका तीन महिनासम्मका गर्भवती महिलाहरुलाई डेंगु, मलेरिया लगायत लामखुट्टेको टोकाईबाट सर्ने रोगबाट जोगाउन झुल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । लामखुट्टेको टोकाईबाट हुने सबै खाले रोगको रोकथामका लागि कीटनाशक झुल वितरण गरिएको उहाँले बताउनुभयो । सभापति अग्रहरीले रेडक्रस मानवीय सेवामा निरन्तर समर्पित भएर लागिरहेको बताउँदै नवलपरासी रेडक्रसले गरिरहेका पहलहरुका विषयमा पनि चर्चा गर्नुभएको थियो ।
गाउँपालिका परिसरमा आज गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा एक कार्यक्रम गरि एक सय दुई जना गर्भवती महिलालाई झुल वितरण गरिएको हो । जिसस प्रमुख यादवले वितरण गरिएका झुलहरुको सही प्रयोग गर्न र घरका अन्य सदस्यलाई भन्दा पनि गर्भवती महिला आफैले प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष गीता चौधरी,प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, रेडक्रसका जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदी, वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ता, गाउँपालिकाको स्वास्थ्य शाखाकी प्रमुख निर्मला कुशवाहा लगायतको पनि सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस