२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

टायल उद्योगको निर्माणाधीन ट्रष्ट ढल्दा दश मजदुर घाईते

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ३२० पाठक संख्या

मोहन पौडेल
परासी, ११ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित निर्माणाधिन कजरिया रमेश टायल उद्योगको फलामे ट्रष्ट भत्किँदा दश जना घाईते भएका छन् । आज दिउँसो करिब साढे चार बजेको समयमा उक्त उद्योगमा मेसिनबाट फmलामको पोल जोड्ने क्रममा अचानक फलामको पोलसहितको ट्रष्ट भत्किएको हो ।
ट्रष्ट ढल्दा सोही उद्योगमा कार्यरत दश जना मजदुर घाईते भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । घाईते मध्ये एकको अवस्था गम्भीर छ ।
घाईते हुनेमा नवलपरासीको बर्दघाट–१२ भटौलिया बस्ने ३३ वर्षीय कमलेश हरिजन, पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका बस्ने २१ वर्षीय अमरेन्द्र प्रसाद शाह, रौतहट जिल्लाको भुतहवा विजयपुर नगरपालिका–१ बस्ने २२ वर्षीय राजेश कुमार रजक, भारतको मुजफरनगर छपहार बस्ने १९ वर्षीय मोहम्मद सहिक, भारतकै रक्सौल बस्ने २२ वर्षीय सिकन्दर भारती, भारत मुजफनगरका २३ वर्षीय मोहम्मद सादिक, सोही ठाउँका २० वर्षीय जाबेत त्यागी, सोही स्थानका १८ वर्षीय अतिर त्यागी, सोही ठाउँका २८ वर्षीय मसरुप मोहम्मद र सोही स्थानका १८ वर्षीय अमन मोहमम्द रहेका छन ।
घाईते सबैको शरिरका विभिन्न भागमा चोट लागेको छ भने उनीहरुको स्थानीय सहिद स्मृत्ति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ । गम्भीर घाईते अतीर त्यागीको भने सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस